उर्लाबारीमा ट्रकको ठक्करबाट पाँच वटा सवारीमा क्षति

0
10

उर्लाबारी ।

मोरङको उर्लाबारीमा विहीबार ट्रकको ठक्करमा पाँच वटा सवारीमा क्षति भएको छ ।

दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । उर्लाबारी चौक देखि उत्तर मधुमल्ला रोडमा सहचालकले चलाएको ट्रक अनियन्त्रित भई दुर्घटना हुदाँ पाँच वटा सवारी साधनमा क्षति पुगेको हो।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार मधुमल्ला रोडबाट दक्षिण पूर्व–पश्चिम राजमार्गतिर जाँदै गरेको ना ३ ख ४०७८ नम्वरको मालवाहक ट्रकले पार्किङमा रोकि राखेका दुई वटा मोटरसाईकल, दुई वटा अटो रिक्सा र एउटा पिकअप भेनलाई ठक्कर दिएको थियो।

ठक्कर दिने ट्रक र सहचालक योगेन्द्र थापालाई प्रहरीले नियन्त्रणमा दिएको छ । दुर्घटनामा परी उर्लाबारी १ का अटो चालक ४० वर्षीय तिलक बोहोरा सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here