अर्जुनधारा जलेश्वर धाममा श्रीमद् देवी भागवत महापुराण हुने

0
12

अर्जुनधारा ।

पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा–७ स्थित अर्जुनधारा जलेश्वर धाममा यही मंसीर १७ गतेदेखि श्रीमद् देवी भागवत महापुराण नवाह ज्ञान महायज्ञ हुने भएको छ ।

४१औं धार्मिक अनुष्ठानकोरुपमा हुने उक्त महायज्ञको उद्देश्य धाम क्षेत्रलाई आवश्यक भूमिको व्यवस्थापन र धामको विकासका लागि स्थापना भएको अक्षयकोषको रकमलाई वृद्धि गर्नु रहेको धाम व्यवस्थापन समितिका अध्यक्ष नविन गट्टानीले शुक्रबार आयोजित पत्रकार भेटघाटमा बताए ।

विभिन्न दाता र भक्तजनहरुको सहयोगमा हाल धाममा अन्नदाता र गुरुकुल सम्बन्धी दुई वटा अक्षयकोष चालु अवस्थामा रहेको समितिका कोषाध्यक्ष एवम् महायज्ञ आर्थिक व्यवस्थापन तथा गल्ला परिचालन उपसमितिका संयोजक मनोज जोशीले जानकारी दिए । हालसम्म ७० लाख रुपैयाँ जम्मा भएको दुवै अक्षयकोषको रकमलाई वृद्धी गरी एक–एक करोड पु¥याउने लक्ष्य समितिले लिएको छ ।

आचार्य बालकृष्ण अर्याल मुख्य कथावाचक र पण्डित चिरञ्जिवी ढुंगाना उपवाचक रहेको महायज्ञ सम्पन्न गर्न १९ वटा उपसमिति गठन गरिएको समितिका महासचिव एवम् पण्डाल, विद्युत तथा साउण्ड सिस्टम उपसमितिका संयोजक शिवलाल खतिवडाले जानकारी दिए ।

गठन भएका अन्य उपसमितिहरुमा शान्ति सुरक्षा व्यवस्थापन उपसमिति, खाद्य व्यवस्थापन उपसमिति, पूजा व्यवस्थापन उपसमिति, स्वागत तथा दाता सम्पर्क उपसमिति, गंगा आरती उपसमिति, प्रचार प्रसार उपसमिति, लक्ष्यवर्तिका उपसमिति, मण्डप व्यवस्थापन उपसमिति, सांस्कृतिक कार्यक्रम उपसमिति, यातायात व्यवस्थापन उपसमिति, धान्याञ्चल व्यवस्थापन उपसमिति, आपूर्ति व्यवस्थापन उपसमिति, आवास व्यवस्थापन उपसमिति, सम्पर्क कार्यालय व्यवस्थापन उपसमितिलगायत रहेका छन् ।

मंसीर २५ गते बालाचर्तुदशीका दिन सतविज् रोपण, पूर्णाहुती, तिलकपाती वितरणसँगै सम्पन्न हुने महायज्ञ अन्र्तगत दैनिक हवन, रुद्राभिषेक, गंगा आरती, सन्ध्याकालिन भजनकिर्तन र प्रसाद वितरणलगायतका कार्यक्रमहरु सञ्चालन हुने बताइएको छ । अनुष्ठान सम्पन्न गर्न अनुमानित ४० लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ ।

सोही महायज्ञको अवसरमा मंसीर २४ गते भारतस्थित पतञ्जली योगपीठ हरिद्वारबाट योग तथा आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण महाराज धाममा आउने कार्यक्रम रहेको छ । पहिलोपटक धाम दर्शनको लागि आउन लागेका उनले धाम क्षेत्रमा नवनिर्मित खडेबाबा स्मृति उद्यानको उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष गट्टानीले बताए ।

त्यस्तै मंसीर १९ गतेदेखि २४ गतेसम्म विहान ५ बजेदेखि ७ बजेसम्म पतञ्जली योगपीठका प्रशिक्षकहरुद्वारा दैनिक योग प्रशिक्षण सञ्चालन हुने बताइएको छ । समितिका अध्यक्ष गट्टानीको अध्यक्षतामा आयोजित कार्यक्रममा समितिका सदस्य एवम् प्रचार प्रसार उपसमितिका संयोजक रमेश त्रिखत्रीले अनुष्ठानको कार्यक्रम सूची प्रस्तुत गरेका थिए ।

कार्यक्रममा समितिका उपाध्यक्ष एवम् यातायात व्यवस्थापन उपसमितिका संयोजक भीमचन्द्र भट्टराई, अर्का उपाध्यक्ष एवम् उद्घोषण उपसमितिका संयोजक अम्बिकाप्रसाद खतिवडा, समितिका सहकोषाध्यक्ष एवम् शान्ति सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक दीपक तामाङ, धामका मूलअर्चक एवम् गंगा आरती उपसमितिका संयोजक अग्निप्रसाद सिग्देललगायतले धाम र अनुष्ठानका विविध पक्षबारे जानकारी गरएका थिए । समितिका उपाध्यक्ष भट्टराईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव खतिवडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here