पशुपन्छी सम्बन्धी कसुरमा संलग्न पक्राउ

0
11

झापा ।

झापाको अर्जुनधाराबाट प्रहरीले पशुपन्छी सम्बन्धी कसुरमा संलग्न एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ घर भएका ३० वर्षीय बिरु भन्ने बीरबहादुर दनुवार छन् ।

अभियुक्तलाई सोमबार जिप्रका झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

दनुवारलाई झापा जिल्ला अदालतले २०७९ चैत २९ मा एक वर्ष कैद सजाय हुने फैसला गरेको थियो । पक्राउपछि अभियुक्तलाई जिल्ला अदालत झापाको आदेशले कारागार चलान गरिएको प्रहरी निरीक्षक गिरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here