पायोसको अध्यक्षमा बालमुकुन्द

0
10

चारआली ।

पातन्जल योग समिति नेपालको अध्यक्षमा बालमुकुन्द सुवाल चयन भएका छन् ।

तेस्रो राष्ट्रिय महाधिवेशन उनी अध्यक्षमा निर्वाचित भएका हुन् । तीन दिनसम्म सञ्चालन हुने अधिवेशनले ३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । केन्द्रिय उपाध्यक्ष तथा कोशी प्रदेश इञ्चार्जमा केशव ताम्राकार, महासचिवमा होम गौतम, केन्द्रिय सदस्यमा उर्मिला ढकाल र हेमन्ती गजुरेललाई चयन भएका छन् ।

दमकमा भएको महाधिवेशनमा महासचिव नवराज काफ्लेद्वारा प्रस्तुत प्रतिवेदन तथा कोषाध्यक्ष गीताप्रसाद नेपालद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सुझाबसहित पारित भएको थियो ।
अधिवेशनको उद्घाटन चतराका बाल सन्त मोहनचार्यले गरेका थिए । कार्यक्रममा पायोस नेपाल कोशी प्रदेश समितिको घोषणा गरिएको थियो ।

जी पी तिवारीको अध्यक्षतामा प्रदेशस्तरीय समिति घोषणा गरिएको हो । ११ सदस्यीय समितिको उपाध्यक्षमा केदार रिजाल, सचिवमा लोकबहादुर गजुरेल, सहसचिवमा हेमचन्द्र दाहाल र कोषाध्यक्षमा अनिता गुरागाँई चयन भएका छन् । त्यस्तै सदस्यमा झापाबाट टीका सुवेदी र लीला वन भारती चयन भएका हुन् ।

कार्यक्रममा कोशी प्रदेशको अध्यक्षको प्रतिवेदन केशव ताम्राकार र कोषाध्यक्षको प्रतिवेदन अनिता गुरागाँईले प्रस्तुत गरेका थिए । आगामी दुई बर्षका लागि मनोनित गरिएका केन्द्रिय समिति र प्रदेश समितिका सबै पदाधिकारीहरुलाई पायोस नेपालका संस्थापक अध्यक्ष सुदर्शन सुबेदीले सपथ गराएका थिए ।

कार्यक्रममा कोशी प्रदेशका पर्यटन मन्त्री गणेश उप्रेती, दमक नगरपालिकाका प्रमुख राम थापा, प्रदेश सांसद होमबहादुर थापा, गगन पुरी लगायतले शुभकामना दिएको कार्यक्रमको सञ्चालन नवराज काफ्लेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here