जलेश्वरको कानुनी परामर्श सचेतनाकार्यक्रम सम्पन्न

0
15

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित जलेश्वर सामुदायिक सिकाइ केन्द्रको आयोजनामा अर्जुनधाराका विभिन्न वडामा कानुनी परामर्श सचेतना केन्द्र कार्यक्रम सम्पन्न भएको छ ।

महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत अर्जुनधारा–८ स्थित शितलामन्दिर, ९ स्थित गार्गी भवन र १० स्थित कालिस्थानमा उक्त कार्यक्रम सञ्चालन गरिएको केन्द्रकी परिचालक मञ्जु दाहालले जानकारी दिइन् ।

अधिवक्ता लक्ष्मी खनालले सहजिकरण गरेको कार्यक्रममा ९० जना बढी महिलाको सहभागिता रहेको थियो । गत मंसीर १५ गतेदेखि शुरु भएको उक्त कार्यक्रम मंसीर १९ गते सम्पन्न भएको थियो ।

केन्द्रकी उपाध्यक्ष देवकुमारी ओलीको अध्यक्षता र अर्जुनधारा–१० का वडाध्यक्ष भूपेन्द्र न्यौपानेको प्रमुख आतिथ्यमा आयोजित समापन कार्यक्रमको सञ्चालन सचिव इन्दिरा दाहालले गरेकी थिइन् ।

केन्द्रकी सदस्य हीमा विष्टले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा गरिमा महिला कृषि समूहकी अध्यक्ष नीशा अधिकारी लगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here