बिर्तामोड–३ मा अव्यवस्थित तार धमाधम ब्यवस्थित गरिँदै

0
19

बिर्तामोड ।

झापााको बिर्तामोड नगरपालिका–३ ले अब्यवस्थित रुपमा टाँगिएका इन्टरनेटका तारलाई ब्यवस्थित गर्न निर्देशन दिए लगत्तै धमाधम काम भइरहेको छ ।

बिर्तामोड–३ का विभिन्न टोल तथा मुख्य सडक र शाखा सडकहरुमा अनियन्त्रि रुपमा टाँगिएका अब्यवस्थित तारका कारण दुर्घटनाको जोखिम बढेको भन्दै तत्काल तार ब्यवस्थित गर्न आग्रह गरेको थियो ।

बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीले गत मंसीर १४ गते एक सुचना जारी गर्दै अब्यवस्थित तारलाई तत्काल हटाउन वा ब्यवस्थित गर्न विभिन्न इन्टरनेट कम्पनी, नेपाल विद्युत प्राधिकरण, नेपााल टेलिकम लगायतलाई पत्राचार गर्दै तत्काल तारलाई ब्यवस्थित गर्न निर्देशन दिएका थिए ।

वडाको निर्देशनसंगै विद्युत प्राधिकरण, टेलिमकसंगै विभिन्न इन्टरनेट कम्पनीहरुले आाफ्नो तारलाईलाई ब्यवस्थित गर्ने काम गरिरहेको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए । उनले आफ्नो टोलमा अब्यवस्थित रुपमा तार रहेको भर्ए तत्काल वडामा जानकारी गराउन पनि सबैसंग आग्रह गरेका छन् ।

स्थानीयको गुनासोसंगै दुर्घटनाको जोखिम रहेकाले अब्यवस्थित तारलाई ब्यवस्थित बनाउन आग्रह गरेको बताए । जथाभावि तार टाँग्ने काम भएकाले वडाको सुन्दरतामा पनि असर पर्ने भएकालाई वडालाई सुन्दर र ब्यवस्थित बनाउन विभिन्न कामहरु भइरहेको उल्लेख गरे ।

उनले सवै टोलमा सडक बत्ति जडान अभियानलााई पनि स्थानीय उपभोक्तासंगको सहकार्यमा अघि बढाइएको जानकारी दिए ।

वडाका अभियानमा अनारमनी सेलियल युथ क्लबले सहकार्य गर्दै आएको छ । क्लबले हरेक हप्ता वडाका विभिन्न स्थानमा सरसफाई, रंगरोगन, वृक्षारोपण लगायत सचेतना मुलक कार्यक्रमहरु समेत गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here