‘जङ्गल र जङ्गली जनावरको संरक्षण गर्नुपर्छ’

0
8
मोरङ,
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जङ्गल र जङ्गली जनावरको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
  प्रदेशको पर्यटन, वन तथा वातावरण  मन्त्रालयद्वारा आज यहाँ आयोजित दुई दिने प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले जङ्गल र  जनावरको संरक्षण भएमा मात्र आन्तरिक तथा वाह्य पर्यटकको आवागमन वृद्धि भई प्रदेश र नागरिक समृद्ध हुने धारणा राख्नुभयो ।
मुख्यमन्त्री कार्कीले चाँडै मुख्यमन्त्री डेक्समार्फत सबै मन्त्रालयमा सेवाग्राहीले पाउने सेवा सुविधाका सम्बन्धमा आवश्यक अनुगमन गरी त्यसका आधारमा कर्मचारीको मूल्याङ्कन गरिने जानकारी दिनुभयो ।
उहाँले मानवीय विकासबाट भौतिक विकास हुने भएकाले प्राविधिक विषयमा स्वदेश तथा विदेशमा निःशुल्क छात्रवृत्ति प्रदान गर्न सरकारले प्रतिस्थापन बजेटमा रकम छुट्याएको बताउनुभयो ।
  जनताको बलिदानबाट ल्याएको सङ्घीयताको सफल कार्यान्वयनका लागि जनसेवा, विकासमा जनताको साझेदारी, जनअधिकारको सुरक्षा र सुशासनसहित समिृद्धमा लाग्न उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो ।
प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले इमान्दारीपूर्वक जनताको कार्यबाट सङ्घीयताको कार्यान्यनमा सहयोग पुग्ने बताउनुभयो । सम्झौता भएका योजनालाई सही समय र गुणस्तरीय ढङ्गले सम्पन्न गर्न कर्मचारी लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रदेशका प्रमुख सचिव डा दीपक काफ्लेले आगामी एक हप्ताभित्र पत्र पठाई वेरुजु फछर्यौट गरी बजेट कार्यान्वयनमा सहयोग गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा कृष्णप्रसाद ओलीले प्रदेश सरकारले पहाड तथा तराईका किसानको बाली जोगाउन बाँदर बिक्री तथा दुम्सी र बँदेलको गणना गरी २० प्रतिशतसम्म शिकारका लागि अनुमति प्रदान गर्नुपर्ने सुझाव दिनुभयो ।
मन्त्रालयका सचिव विशाल घिमिरे र वन निर्देशनालयका निमित्त निर्देशक धनन्जय लामिछानेले विदेशी काठ आयातलाई निरुत्साहित गरी राजस्व वृद्धि गर्न वनसम्बन्धी आवश्यक ऐन, कानुन र नियम संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here