लैंगिक हिंसा विरुद्ध नारी चेतना समूहको सचेतना कार्यक्रम

0
10

अर्जुनधारा ।

“लैंगिक हिंसा अन्त्यको सुनिश्चतता, महिला बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने मुख्य नारासहित अर्जुनधारा–८ स्थित नारी चेतना समूहको आयोजनामा एक दिने सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

१६ दिने लैंगिक हिंसा विरुद्धको अभियान अन्र्तगत स्थानीय शनिश्चरे माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

सहजकर्ता अधिवक्ता लक्ष्मी खनालले सहजिकरण गरेको कार्यक्रममा ८० जनाको सहभागिता रहेको विद्यालयका निमित्त प्रधानाध्यापक वसन्त भट्टराईले जानकारी दिए ।

समूहकी अध्यक्ष पम्फादेवी विश्वकर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर सभा सदस्य सरु बुढाथोकी, सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ज्ञानकुमारी थापा, समूहका सल्लाहकार एवम् शिक्षक जगन्नाथ विश्वकर्मा, समूहकी पूर्व अध्यक्ष मिश्राकुमारी राईलगायतको आतिथ्यता रहेको थियो ।

समूहकी उपाध्यक्ष डम्बरकुमारी सत्यालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सहसचिव निर्मला राईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here