‘अनेनिमसं’ झापाका अध्यक्ष हेमरमको निधन

0
10

अर्जुनधारा ।

नेकपा माओवादी केन्द्र पार्टी निकट अखिल नेपाल निर्माण मजदुर संगठन झापाका अध्यक्ष साँवा हेमरम सन्थाल “शम्भु”को शुक्रबार ६२ वर्षको उमेरमा निधन भएको छ ।

गत बुधबार निर्माण क्षेत्रमा अवलोकनका लागि पुगेका उनी उच्च रक्तचापका कारण ढलेपछि उनलाई उपचारको लागि झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा भर्ना गरिएको थियो ।
उनको परिवारमा श्रीमती होपना, छोराबुहारी मोहन+सुस्मिता, छोरा विशाल, छोरी विनीता, एक नाती र एक नातिनी रहेका छन् ।

यसैबिच पार्टीले अर्जुनधारा–७स्थित नारायणचौकमा रहेको उनको निवासस्थानमा श्रद्धाञ्जलि सभाको आयोजना गरेको थियो । पार्टीका केन्द्रीय सदस्य एवम् अर्जुनधारा नगरपालिकाका संस्थापक प्रमुख हरिकुमार राना, पार्टी झापाका सचिव मोहन टुडुलगायतले उनको पार्थीव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

उनको पार्थीव शरीरको शुक्रबारै अर्जुनधारा–९स्थित भीमसेन घाटमा इसाई संस्कार अनुसार अन्त्येष्टी गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here