लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गर्दै समापन

0
9

कमल ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज विभिन्न कार्यक्रम गर्दै समापन भएको छ । गत मंसिर ९ गते देखी विभिन्न कार्यक्रम गर्दै सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको हो ।

“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने नाराका साथ झापाको कमल गाउँपालिका समेत सातवटै वडामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न कार्यक्रम गरेर मनाएको थियो ।

यसै क्रममा आज गाउँपालिकाको सभाहलमा “लैङ्गिक हिंसा सम्बन्धि सचेतनामूलक कार्यक्रम समेत भएको थियो । जसमा “लैङ्गिक हिंसा प्रकार र तिनलाई न्यूनिकरण गर्ने उपायका विषयमा कमल नगर जेसिजका राष्ट्रिय मिडिया संयोजक जेसी नारायण बस्नेतले सहजीकरण गर्नुृ भएको थियो ।

हामी सबै मिलेमा लैङ्गिक हिंसा अन्त्य गर्न सहजै सकिन्छ । सबैले आ आफ्नो घर बाट सुरु गर्ने हो भने लैङ्गिक हिंसा अन्त्य अवश्य हुन्छ । यो हिंसाको अन्त्य सरकारले मात्र गरेर सम्भव हुँदैन सरकारले निती नियम बनाउने हो तर त्यसलाई कार्यान्वयन गर्न जनताको साथ र सहयोगको आवश्यक पर्ने कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।

पछिल्लो समय लैङ्गिक हिंसा विभिन्न नयाँ नयाँ प्रकृतिका माध्यम बाट हुने गरेका छन् , त्यसबाट सबैले सचेत हुन आवश्यक छ । गाउँपालिका समेत यो १६ दिने अभियान विभिन्न वडामा सचेतना मूलक कार्यक्रम गरेर सम्पन्न गरेको छ । यो अभियानलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्णलाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले धन्यवाद दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, महिला स्वयमसेवीका,शिक्षक विध्यार्थी लगायतको उपस्थिती रहेको थियो । कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम महिला तथा बालकालिका शाखा प्रमुख रिता कार्की रिजालले सञ्चालन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here