जनप्रिय सहकारीको सभा

0
8

बिर्तामोड ।

झापाको धुलाबारीमा मुख्य कार्यालय रहेको जनप्रिय बचत तथा ऋण सहकाारी संस्थाको १४ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष पशुपति नेपालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष विपि भट्टराईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखाकाा प्रमुख मुना घिमिरे, सहकारीका पूर्व अध्यक्ष चन्द्रकुमार भट्टराई चुडामणी बराल, विष्णु कुमार लावती, लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा असल बचत कर्ता शारदा श्रेष्ठ र मदन कंडेललाई सम्मान गरिएको थियो भने असल ऋणी तर्फ अनिता पराजुली र हरिकुमार गिरीलाई सम्मन गरिएको थियो । सोही अवसरमा ज्येष्ठ नागरिक फडिन्द्रमणी पोख्रेललाई पनि सम्मान गरिएको थियो ।

झापा जिल्लााभर कार्य क्षेत्र रहेको सहकारीको तीन हजार चाार सय ४५ जना सदस्य रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यक्रममा अध्यक्ष नेपालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको आगामी कार्यक्रमका विषयमा पनि जानकाारी गराएका थिए । सहकारीको कुल चुक्त शेयर पुँजी एक करोड २१ लाख ७५ हजार रुपैंया रहेको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सहकाारीका उपाध्यक्ष सुभास गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव गंगाबहादुर मगरले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here