पूर्बाञ्चल दैनिकका समाचार संयोजक ढकाल पुरस्कृत

0
13

झापा,  पूर्बाञ्चल दैनिकका समाचार संयोजक तथा मिडिया एक्सन नेपाल कोशी प्रदेश संयोजक नरेन्द्र ढकाल पूर्बी गर्जन मिडिया प्रा.लि.ले स्थापना गरेको एकीकृत जनक्रान्ति बलिदानी अक्षयकोषबाट पुरस्कृत भएका छन् ।
स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष समेत रहेका ढकाललाई नगद १० हजार रुपैयाँ सहित जनपक्षीय सञ्चारकर्मीका रुपमा पूर्बी गर्जन मिडिया प्रा.लि.ले सम्मान सहित पुरस्कृत गरेको हो ।
लामो समयदेखि झापामा रहेर सञ्चारकर्म गरिरहेका ढकाललाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का स्थायी कमिटी सदस्य अनिल विरही ‘सि’ र पार्टीका केन्द्रिय सदस्य तथा मेची इञ्चार्ज सुमन सिंह पौड्यालले सम्मान पत्र प्रदान गरेका थिए भने एकीकृत जनक्रान्ति बलिदान अक्षय कोषका अध्यक्ष प्रशान्तले नगद प्रदान गरेका थिए ।
पूर्बी गर्जन मिडिया प्रा.लि.ले प्रकाशनमा ल्याएको पूर्बी गर्जन मासिक पत्रका सार्वजनिकीकरण कार्यक्रममा ढकाललाई नगद सहित पुरस्कृत गरिएको थियो ।
मिडिया प्रालिले दुई लाख रपैयाँको “एकीकृत जनक्रान्ती बलिदान अक्षय कोष समेत खडा गरेको छ ।
रहेक वर्ष कोषको रकम बढाउँदै जाने र कोषको रकमबाट प्रत्येक बर्ष तीन क्षेत्र जनपक्षीय पत्रकार, एकीकृत जनक्रान्तिका सहिद परिवार र कम्युनिस्ट अग्रजलाई प्रोत्साहन स्वरुप सम्मान गरिने भएको छ ।
कार्यक्रका प्रमुख अतिथि समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का स्थायी कमिटी सदस्य अनिल‘सी’, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहनकाजी न्यौपाने, नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य लीलाराज झापाली, नेकपा माओवादी केन्द्र झापाका अध्यक्ष राजु आचार्य अग्नी लगायतले बोलेका थिए ।
एकीकृत जनक्रान्ति बलिदान अक्षय कोषका अध्यक्ष प्रशान्तले कोष स्थापना गर्नुको उद्देश्यवारे प्रकाश पारेको कार्यक्रम पार्टीका केन्द्रिय सदस्य तथा मेची इञ्चार्ज सुमन सिंहको अध्यक्षतामा भएको थियो ।
पार्टीका पश्चिम झापा सेक्रेटरी विनोद ‘सी’ले स्वागत गरेको कार्यक्रमको सञ्चालन पत्रकार प्रविन अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here