स्वास्थ्य क्षेत्रका ‘सुब्बा डाक्टर’लाई प्याब्सन अर्जुनधाराको सम्मान

0
8

अर्जुनधारा ।

स्वास्थ्य क्षेत्रमा लामो समय सेवा प्रदान गरेका झापाको अर्जुनधारा–९ निवासी ‘सुब्बा डाक्टर’ले परिचित लालबहादुर लिम्बू(९४)लाई बिहीबार एक कार्यक्रमकोबिच सम्मान प्रदान गरिएको छ ।

वि.सं.२०१७ सालदेखि साविक शनिश्चरे, पाराखोपी, खुदुनाबारी गाविसलगायत छिमेकी जिल्ला इलामका दक्षिण भेगमा बसोबास गर्ने नागरिकहरुमाझ लोकप्रिय स्वास्थ्यकर्मीको पहिचान बनाउन सफल उनलाई निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) अर्जुनधाराले सम्मान प्रदान गरेको हो ।

प्याब्सन झापाको आयोजना, प्याब्सन अर्जुनधाराको सञ्चालन र अर्जुनधारा–८ नं. वडा कार्यालयको संयोजनमा अर्जुनधारा–८स्थित शनिश्चरे बजारमा आयोजित नगरस्तरिय वृहत सांस्कृतिक महोत्सव–२०८०मा उनलाई कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, वडाध्यक्ष कुमारप्रसाद उप्रेती, प्याब्सनका अध्यक्ष रुद्र सिटौलालगायतले सम्मान पत्र, नगद पाँच हजार एक सय रुपैयाँ र दोसल्ला ओढाई सम्मान गरेका थिए ।

जन्मथलो छिमेकी देश भारतको दार्जिलिङ भए पनि कर्मथलो शनिश्चरेलाई बनाएका उनले ५८ वर्ष सेवा प्रदान गरेका थिए । २०७५ सालबाट भने स्वास्थ्यमा आएको समस्याका कारण हाल अवकाश जीवन बिताइरहेका उनले स्वास्थ्य क्षेत्रको माध्यमबाट समाजमा पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरिएको अध्यक्ष सिटौलाले बताए ।

यसैबिच विद्यार्थीहरुमा रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले प्याब्सन झापाको वार्षिक कार्यक्रम सूची अनुसार सञ्चालन हँदै आएको सांस्कृति कार्यक्रम शुरु भएको छ । प्याब्सनका अध्यक्ष सिटौलाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख तामाङले उद्घाटन गरेका थिए ।

दुई दिन सम्म सञ्चालन हुने कार्यक्रम अन्र्तगत पहिलो दिन कक्षा–१ देखि कक्षा–५ सम्मको सामुहिक नृत्य(आधुनिक) र कक्षा–९ देखि कक्षा–१२ सम्मको सामुहिक नृत्य (सांस्कृतिक) सञ्चालन गरिएको उपाध्यक्ष कुमार रायाले जानकारी दिए ।

प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष छत्र कार्कीलगायतले मन्तव्य राखेको कार्यक्रममा अर्जुनधारा–५का वडाध्यक्ष गीताराज खड्का “हरि”, अर्जुनधारा–९ का वडाध्यक्ष भीष्म मिश्र, प्याब्सन झापाका उपाध्यक्ष टीआर गौतमलगायतको आतिथ्यता रहेको थियो । प्याब्सन अर्जुनधाराका उपाध्यक्ष रायाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव राजेशकुमार आचार्यले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here