चिनियाँ जहाजले फिलिपिन्सका जहाजहरूलाई ठक्कर दिने

0
5

काठमाण्डौं ।

दक्षिण चीन सागरमा फिलिपिन्स र चीनको टकराब दिनदिनै बढ्दै गइरहेको छ । केही महिनायता चिनियाँ जहाजले फिलिपिन्सका जहाजहरूलाई ठक्कर दिने र र पानीको फोहराले आक्रमण गर्ने सिलसिला रोकिएको छैन ।

केही समयअघि मात्र चीनको तटरक्षकको जहाजले फिलिपिन्सको जहाजलाई जानाजान ठक्कर हानिदिएको थियो । चिनियाँ जहाजले फिलिपिन्सका माछा मार्ने डुंगाहरूलाई पानीको फोहराले आक्रमण गरेको भिडियो पनि सार्वजनिक भएको थियो ।

गत हप्ता पनि चीनका जहाजले फिलिपिन्सका जहाजलाई दक्षिण चीन सागरमा पानीको फोहराले फेरि आक्रमण गरिदिएको छ । सार्वजनिक भिडियोमा चिनियाँ जहाले फिलिपिन्सका जहाजलाई आक्रमण गरेको स्पष्ट देखिन्छ ।

यो घटनापछि फिलिपिन्सले दक्षिण चीन सागरमा चीनको दादागिरी बढ्दै गइरहेको प्रतिक्रिया जनाएको छ भने चीनले फिलिपिन्सका जहाज चिनियाँ जलक्षेत्रमा प्रवेश गरेको र उनीहरूले त्यहाँ अवैध रूपमा गस्ती गरेको बताएको छ ।

भिडियो

दक्षिण चीन सागर ३५ लाख वर्गकिलोमिटरमा फैलिएको जलक्षेत्र हो । यो सागर समुद्री व्यापारको एउटा प्रमखु जलमार्गका रूपमा परिचित छ । बर्सेनि खर्बौं डलरको कारोबार हुने यो जलक्षेत्र सबैको रणनीतिक चासोका रूपमा रहँदै आएको छ ।

चीन एक्लैले यो सागरको ९० प्रतिशत जलमा आफ्नो हक भएको दाबी गर्छ । त्यसकारण उसले यस विवादित जलक्षेत्रमा कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियारहरू तैनाथ गरेको छ । तर, दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्ने अन्य मुलुकहरूले चीनको यो कार्यको विरोध गर्ने गरेका छन् । ब्रुनाई, मलेसिया, फिलिपिन्स, ताइवान, इन्डोनेसिया र भियतनामले पनि यो सागर आफ्नो भएको दाबी गर्छन् । यो समाचार शिलापत्र बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here