अर्जुनधारामा प्याब्सनको गायन तथा नृत्य प्रतियोगिता सम्पन्न

0
5

अर्जुनधारा ।

निजी तथा आवासीय विद्यालय संगठन(प्याब्सन) झापाको आयोजना र प्याब्सन अर्जुनधाराको सञ्चालनमा आयोजित नगरस्तरिय गायन तथा नृत्य प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

दुई दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिता अन्र्तगत प्रावितर्फ आधुनिक, आधारभूततर्फ राष्ट्रिय र मावितर्फ सांस्कृतिक विधामा सामुहिक नृत्य तथा १२ वर्ष मुनि, १२ वर्ष माथि र कक्षा–११ देखि कक्षा–१२ सम्मको गायन प्रतियोगिता भएको प्याब्सन अर्जुनधाराका उपाध्यक्ष कुमार रायाले जानकारी दिए ।

प्रावितर्फको सामुहिक नृत्यमा हिमाली एजुकेशन फाउण्डेशन प्रथम, एम्स एकाडेमी र प्रगति इङलिस बोर्डिङ स्कूल द्धितीय तथा ब्रीलीयन्ट पिपुल्स सेकेण्डरी स्कूल तृतीय भएका छन् । त्यसैगरी आधारभूततर्फको सामुहिक नृत्यमा कालिका शिशु सदन र रुपरत्न मेमोरियल इङलिस बोर्डिङ स्कूल प्रथम, देवी पाथीभरा इङलिस स्कूल द्धितीय र एम्स एकाडेमी तृतीय भएका छन् ।

त्यस्तै मावितर्फको सामुहिक नृत्यमा प्रगति इङलिस बोर्डिङ स्कूल प्रथम, रुपरत्न इङलिस बोर्डिङ स्कूल द्धितीय तथा एम्स एकाडेमी र स्वस्तिका शिशु सदन इङलिस सेकेण्डरी बोर्डिङ स्कूल तृतीय भएका छन् ।

त्यसैगरी १२ वर्ष मुनिको गायनतर्फ नवनित एकाडेमी र सूर्यज्योति इङलिस बोर्डिङ सेकेण्डरी स्कूल प्रथम, गोर्खा मिडियम इङलिस स्कूल द्धितीय र न्यू होप इङलिस सेकेण्डरी बोर्डिङ स्कूल तृतीय भएका छन् । त्यसैगरी १२ वर्ष माथिको गायनतर्फ प्रगति इङलिस बोर्डिङ स्कूल प्रथम, न्यू होप इङलिस सेकेण्डरी बोर्डिङ स्कूल द्धितीय र रुपरत्न मेमोरियल बोर्डिङ स्कूल तृतीय भएका छन् ।

यता कक्षा–११ देखि कक्षा–१२ सम्मको गायन प्रतियोगितामा भने रुपरत्न मेमोरियल बोर्डिङ स्कूल प्रथम भएको छ । प्याब्सनका अध्यक्ष रुद्र सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयका विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here