प्रज्जवला अपाङ्ग तथा महिला बहुउद्देश्यीयको २१औं सभा सम्पन्न

0
10

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित प्रज्जवला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

अर्जुनधारा–७ स्थित अर्जुनधारा जलेश्वर धामको सभाहलमा संस्था सञ्चालक समितिका अध्यक्ष डिल्ली घोर्साईंको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि अर्जुनधारा नगरपालिका सामाजिक विकास शाखा प्रमुख राजविक्रम खड्काले उद्घाटन गरेका थिए ।

सभामा अध्यक्ष घोर्साईंले संस्थाको गत आर्थिक वर्ष ०७९÷०८०को वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिका संयोजक ठाकुरसिंह गुरुङले लेखा समितिको प्रतिवेदन र चालु आर्थिक वर्ष ०८०÷०८१को प्रस्तावित आय–व्यय विवरण व्यवस्थापक तुलसा कुँवरले प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयरपूँजी ९० लाख ७७ हजार एक सय रुपैयाँ, जगेडा कोषमा ४४ लाख ५४ हजार चार सय छ रुपैयाँ २६ पैसा, अन्य कोषमा ४५ लाख ६८ हजार एक सय ७७ रुपैयाँ ३७ पैसा, निक्षेप दुई करोड ४७ लाख ६७ हजार २७ रुपैयाँ दुई पैसा, कर्जा लगानी चार करोड ७२ लाख २१ हजार एक सय ३३ रुपैयाँ उल्लेख गरिएको छ ।

सोही सभामा ज्येष्ठ शेयर सदस्य देवका भण्डारी, असल ऋणी दुर्गादेवी विष्ट, असल बचतकर्ता टिकामाया मैनाली, उत्कृष्ट बचत तथा ऋणतर्फ धनमाया ढुंगाना, उत्कृष्ट बालबचतकर्ताहरु आकृती तोश्नीवाल, दिप्सन पौडेल र महेश भूजेललाई सम्मानित गरिएको थियो ।

समितिकी उपाध्यक्ष रञ्जना कार्कीले स्वागत गरेको सभामा अर्जुनधारा जलेश्वर धामका मूल अर्चक अग्निप्रसाद सिग्देललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त सभाको सञ्चालन व्यवस्थापक कुँवरले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here