प्रकृति संरक्षणमा नेपाली सेना

0
10

प्रकृति तथा जैविक विविधताको संरक्षण विश्वका लागि चुनौतीको विषय भएको छ । प्राकृतिक स्रोतको दोहन, वातावरणीय प्रदुषण, जनसंख्या वृद्धि र भौतिक तथा प्रविधिको बढ्दो प्रयोगले विश्वको वातावरण क्षयोन्मुख भइरहेका बेला हामीकहाँ नेपाली सेना भने प्रकृति एवम् वातावरणको संरक्षणमा सक्रिय रहेको छ । राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रको सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनाका आठ वटा गण, सात वटा गुल्म र एउटा शिक्षालय मार्फत आठ हजारभन्दा बढी सेना परिचालित छन् । नेपाली सेनालाई संरक्षित क्षेत्रका सम्पूर्ण प्राकृतिक स्रोत, वनस्पति, वन्यजन्तु तथा जैविक विविधताको संरक्षण गर्ने जिम्मेवारी प्राप्त छ ।

जनसंख्या वृद्धिको चाप हाम्रा वनजंगलमा पर्न थालेको छ । आम्दानीका लागि मानिस वन विनाश गर्न लागेको छ । जसका कारण हाम्रो वन क्षेत्र खुम्चिँदै छ, वन्यजन्तुको वासस्थान लोप हुँदै गएको छ । जसका कारण मानिस र वन्यजन्तुबीचको द्वन्द्व निरन्तर बढिरहेको छ । न्यून आर्थिक अवस्थाका कारण वन्यजन्तुको चोरी शिकारी लगायतका अवैध गतिविधि पनि बढ्दैछन् । यी र यस्ता परिस्थितिका बीच वनजंगल, वन्यजन्तु र वातावरणको संरक्षण हाम्रो देशको सन्दर्भमा चुनौतीपूर्ण रहेको छ । त्यस्तोमा भैपरी आउने प्राकृतिक एवम् दैवी विपत्तिमा र पूर्वाधार निर्माणमा समेत नेपाली सेनाले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरिरहेको छ ।

आफ्नो कार्य क्षेत्रमा फलफूल रोपणको बृहत अभियान सञ्चालन गरेका श्री नम्बर २१ बाहिनी अड्डा तोपगाछी झापाका तत्कालीन बाहिनीपति सहायक रथी आशबहादुर तामाङ उदाहरणीय बनेका छन् । हाल पूर्वी पृतनापति इटहरीका उपरथी तामाङले प्रारम्भ गरेको अभियान अहिले पनि निरन्तर जारी छ । वर्तमान बाहिनीपति धनबहादुर थापाले पनि तामाङको बिरुवा रोपणको अभियानलाई निरन्तरता दिँदै अहिले सत्र हजारभन्दा बढी बिरुवा हुर्काइरहेका छन् । रोपिएका बिरुवालाई पानी, मलदेखि संरक्षणसम्मको कार्यमा अहोरात्र खटिएका बाहिनीपति थापाको कार्यकालमा उक्त बाहिनी देशकै नमूना ब्यारेक बनिएको छ । अभियान अन्तर्गत चौंतीस प्रकारभन्दा बढी जातका फलफूलका बिरुवा रोपिएको ब्यारेक क्षेत्रले प्रकृति र वातावरणीय क्षेत्रमा महŒवपूर्ण योगदान दिने अपेक्षा गर्न सकिन्छ । विद्यार्थीका लागि समेत सचेतना प्रदान गर्दै आएको गुल्म र गुल्मपतिको अभियान सबै जिम्मेवार निकायले अनुकरण गर्नु आजको आवश्यकता हो । चोरी शिकारी तथा काठ तस्करीलाई नियन्त्रण गर्न, वन–जंगलको संरक्षण तथा प्रवद्र्धन गर्न, प्रकृति र वातावरणसँग मानिसको अन्योन्याश्रित सम्बन्धलाई व्यापक गर्न सहयोग गर्न सक्यो भने अभियान विश्वकै लागि उदाहरणीय समेत बन्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here