नेपाल–भारतका सुरक्षा अधिकारीबिच छलफल

0
9

काठमाण्डौं ।

नेपाल र भारतका सुरक्षा अधिकारीविच सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका विषयमा छलफल भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा ७ जोलजिविमा शनिबार नेपाल–भारतका सुरक्षा अधिकारीबिच छलफल भएको हो । छलफलका क्रममा सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नेपाल र भारतीय सुरक्षा अधिकारीहरू बिच जोलजिविमा सीमा सुरक्षा बैठक बसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी शिवबहादुर सिंहले जानकारी दिनु भयो ।

सीमा क्षेत्रमा हुने विभिन्न किसिमका अपराधिक क्रियाकलाप, तस्करी लागु पदार्थ ओसारपोसार , परिचय पत्र लगायतका आपराधिक क्रियाकलाप विरुद्ध दुवै देशका सुरक्षाकर्मीको सहयोग र सहकार्यका विषयमा बैठकमा छलफल गरिएको उहाँले बताउनु भयो । बैठकमा नेपालका तर्फबाट जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी शिवबहादुर सिंहले रातीको समयमा भारतबाट विभिन्न नाका भएर अबैद समान नेपाल आउने गरेको तथा लागु पदार्थ सेवन गर्न नेपालीहरु भारतीय बजार जाने गरेको भन्दै यसलाई नियन्त्रण गर्न सहयोग चाहिएको बताएका छन ।

यस्तै नेपालीहरु विभिन्न कामका लागि भारतीय बजार आउन खोज्दा भारतीय सुरक्षाकर्मीले सिमापूलमा परिचयपत्र माग्ने गरेको तथा परिचयपत्र नभए सिमा पुलबाटै फर्काउने गरेको भन्दै यसलाई पनि सहज बनाइदिन आग्रह गरिएको डिएसपी सिंहले बताउनु भयो ।

जवाफमा भारतीय सुरक्षा अधिकारीहरुले अबैद समान ओसारपोसार तथा परिचयपत्रका बारेमा सकारात्मक जवाफ दिएको उहाँले बताउनु भयो । यस्तै भारतीय पक्षले विशेष गरी सीमा क्षेत्रबाट आपराधिक गतिविधि नियन्त्रणमा नेपालतर्फ सशस्त्र प्रहरीले खेलेको भुमिकालाइ प्रशंसा गरेको छ ।

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि नेपाल र भारतका सीमा सुरक्षा अधिकारीबिच बेलाबेला यस्ता किसिमका बैठक हुने गरेका छन् । आवश्यकताका आधारमा एकदेखि डेढ महिनामा यस्ता किसिमका बैठक हुँदै आएको डिएसपी सिंहले बताउनु भयो । बैठकका लागि नेपाली सुरक्षा प्रमुखहरू नेपालको बाटो भएर आज विहान जोलजिवि गएका थिए ।

सीमा सुरक्षा अधिकारीहरूको बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका गणपति एसपी डम्मर बहादुर विष्ट, दार्चुलाका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंह लगायत नेपाल तर्फ सीमा क्षेत्रमा रहेका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो । भारतको तर्फबाट सीमा बैठकमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here