बेलबारीमा अस्पताल फर्काउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

0
9

मोरङ । बेलबारीबाट रातारात ईनरुवा सरेको अस्पताल यथास्थानमा नै सञ्चालन गर्न माग गर्दै बेलबारी नगरपालिका प्रमुख दिलप्रसाद राई सहितको टोली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेको छ।

आईतबार नगरप्रमुख राई,उपप्रममुख नितु थापा (कोईराला) र बेलबारीका राजनीतिक दलका प्रतिनिधिहरुले प्रधानमन्त्री दाहाल (प्रचण्ड) लाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरूले प्रधानमन्त्री कार्यलयमा पुगेर अस्पताल फर्काउन माग गरेका छन्। टोलीमा नगरप्रमुख राई ,उपप्रमुख थापा , नेपाली काँग्रेस बेलबारी सभापति छत्र लिम्बु ,महासमिति सदस्य महेन्द्र सुवेदी , नेकपा एमालेका जिल्ला सदस्य ईरान राई, माओवादी बेलबारी अध्यक्ष पर्शुराम सुवेदी, इन्चार्ज तिलक राई, सभासदहरु ज्ञानेन्द्र सुवेदी,मानबहादुर लिम्बु, लगायत सहभागी रहनुभएको माननीय गीता तिम्सिनाले जानकारी दिए । उनका अनुुसार जवाफमा प्रधानमन्त्री प्रचण्डले सो विषयमा आवश्यक कदम चाल्ने विश्वास दिलाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here