सञ्चारकर्मी खरेल सम्मानित

0
11

झापा । जामुनखाडी कृषि सहकारी संस्था लिमिटेड कनकाई–२ ले आफ्नो आठौं वार्षिक साधारणसभाको अवसरमा सञ्चारकर्मी तीर्थराज खरेललाई सम्मान गरेको छ ।
पूर्वाञ्चलकर्मी खरेललाई कनकाई नगरक्षेत्रमा शिक्षा र सहकारी क्षेत्रमा योगदान गरेवापत सम्मान गरिएको हो । कार्यक्रमका विशेष अतिथि कनकाई–२का वडाध्यक्ष बलराम राई र अध्यक्ष निर्मलकुमार खनालले खरेललाई फूलमाला, दोसल्ला र सम्मान–पत्रले सम्मान गरेका थिए ।
त्यसैगरी सो कार्यक्रममा ज्येष्ठ नागरिक खगेन्द्रप्रसाद पोखरेल र उत्कृष्ट बाल बचतकर्ताका रूपमा समीप रिजाललाई सम्मान गरिएको थियो । सो कार्यक्रममा अध्यक्ष खनालद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र लेखा समिति संयोजक निर्मल उप्रेतीद्वारा प्रस्तुत लेखा प्रतिवेदन पारित गरिएका थिए । ३ सय ९ महिलासहित ६ सय ६१ शेयर सदस्य रहेको संस्थाको कूल चुक्ता शेयर पुँजी १ करोड १० लाख २० हजार रुपैयाँ रहेको छ ।
कनकाई नगरपालिकाका उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्यारिटास नेपालका कोशी प्रदेश प्रमुख देवेन्द्र पोखरेल, जामुनबारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ख्यामराज सिटौला, संरक्षक दीपक गिरी, सम्पत्ति शुद्धीकरण समितिका संयोजक शिवकुमार गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष नरादेवी मगरको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव अर्जुनकुमार रिजालले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here