दुवागढी साना किसान कृषि सहकारी संस्थाको ९ औं सभा

0
13

टेकेन्द्र ढकाल

चारआली  । दुवागढी साना किसान कृषि सहकारी संस्थाको ९ औं वार्षिक साधारण सभा सम्मपन्न भएको छ ।
संस्थाका अध्यक्ष हरिप्रसाद घिमिरेको सभापतित्व र मेचीनगर नगरपालिका वडा नम्वर १४ का वडाध्यक्ष बाबुलाल सुब्बाको प्रमुख आतिथ्यतामा सहकारीको साधारणसभा सम्पन्न भएको हो ।
संस्थाका प्रवन्धक लक्ष्मी घिमिरेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा उत्कृष्ठ बचतकर्ता दयालाल राजवंशी, उत्कृष्ठ कृषक भोला सुवेदी, उत्कृष्ठ ऋणी लक्ष्मीदेवी नेपाल, ज्येष्ठ सदस्य यादव प्रसाद सुवेदीलाई जनही २ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।
मेतीनगर १३ का वडाध्यक्ष कृष्णराज सिग्देल तथा साना किसान विकास लघुवित्त संस्था बिर्तामोड शाखाका प्रतिनिधि इच्छाराम पोखरेल विशिष्ठ अतिथि रहेको सभाको स्वागत उपाध्यक्ष रेणुका गुरागाईले गरेकी थिइन् ।
सोही अवसरमा वाल वचत कर्ता सूर्यमान विक, शैली गौतम र अञ्जु रायमाझीलाई विद्यार्थी सम्मान स्वरुप पुरस्कृत गरिएको थियो ।
यसैगरी लेखा सुपरीवेक्षण समितिका ३ जना सदस्यलाई जनही २ हजारका दरले सम्मान पत्र सहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा होमराज ढकाल, मित्रलाल काफ्ले र भोला रिजाल रहेका छन् ।
१० करोड भन्दा माथिको कूल कारोवार गरेको र गत आर्थिक वर्षमा सहकारीले १३ लाख मूनाफा गरेको जनाकारी शाखा प्रवन्धक लक्ष्मी घिमिरेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here