जनजीविका सम्वृद्धि बहुउद्देश्यीयको नेतृत्व चयन

0
14

अर्जुनधारा।

झापाको अर्जुनधारा–९ स्थित जनजीविका सम्वृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः जीतेश योञ्जन चयन भएका छन् ।

संस्थाको शनिबार सम्पन्न ११औं वार्षिक साधारण सभाबाट आगामी चार वर्षे कार्यकालको लागि उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । त्यसैगरी समितिको उपाध्यक्षमा छविलाल पोखरेल, सचिवमा रुद्र खतिवडा र कोषाध्यक्षमा टीकामाया प्रसाईं चयन भएका छन् । त्यस्तै समितिका सदस्यहरु इन्द्रप्रसाद गिरी, ऋषीकुमार पोखरेल, कृष्णमाया धिताल, तिलचन अधिकारी र लता भट्टराई चयन भएका छन् ।

सोही सभाले जगन्नाथ विश्वकर्माको संयोजकत्वमा कमला पौडेल र सुवास भट्टराई सदस्य रहेको तीन सदस्य आन्तरिक लेखा समिति र टंकनाथ खतिवडाको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति गठन गरेको बताइएको छ ।

संस्था सञ्चालक समितिका अध्यक्ष योञ्जनको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका सदस्य ढुण्डीराज गुरागाईंले उद्घाटन गरेका थिए । सभामा अध्यक्ष योञ्जनले संस्थाको गत आर्थिक वर्ष ०७९/०८०को वार्षिक प्रगति प्रतिवेदन तथा चालु आर्थिक वर्ष ०८०/०८१का लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रमहरु र आन्तरिक लेखा समितिका संयोजक रुद्र खतिवडाले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी ४६ लाख ३४ हजार तीन सय रुपैयाँ, कर्जा लगानी ५७ लाख २६ हजार ९७ रुपैयाँ, कर्जा असुली ७८ लाख ६० हजार नौ सय ९९ रुपैयाँ, निक्षेप संकलन एक करोड ३८ लाख ३७ हजार आठ सय रुपैयाँ, निक्षेप फिर्ता एक करोड ५५ लाख ४२ हजार तीन सय ४७ रुपैयाँ, जगेडा कोषमा १६ लाख २९ हजार चार सय ८४ रुपैयाँ, अन्य कोषमा चार लाख ८७ हजार सात सय ७३ रुपैयाँ उल्लेख गरिएको छ ।

सोही सभामा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा ज्येष्ठ नागरिकतर्फ इन्द्रनारायण श्रेष्ठ, टेकबहादुर राई, धनकुमार दाहाल, पुण्यप्रसाद प्रसाईं, पुष्पलाल पौडेल, प्रेमकुमारी गोदार थापा, मीत्रमाया खड्का, बालकृष्ण खतिवडा, यदुनाथ पौडेल, योगमाया दाहाल र राधादेवी रिजाल रहेका छन् ।

त्यसैगरी अन्य सम्मानित हुनेहरुमा असल उद्यमीतर्फ हीमा कडरिया बजगाईं, उत्कृष्ट बचतकर्तातर्फ नीरादेवी पोखरेल, उत्कृष्ट बाल बचतकर्तातर्फ प्रकाश थापा, गत शैक्षिक सत्र २०७९को एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याई उत्र्तीण हुने शेयर सदस्यका सन्तानमध्ये छात्र सञ्जित तामाङ(संस्थागत) र छात्रा खुश्बु खतिवडा(सामुदायिक) रहेका छन् ।

सभामा नगर सहकारी समन्वय समितिका संयोजक कृष्णप्रसाद चापागाईं, कालिका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, श्रद्धा कृषि सहकारी संस्थाका अध्यक्ष छविलाल शिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए । समितिका सहसचिव टंकनाथ खतिवडाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन कोषाध्यक्ष कोपिला पौडेलले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here