सुन तस्करीमा मिनबहादुरको समुह नै संलग्न रहेको छानविन समितिको निष्कर्ष

0
8

काठमाडौं ।

त्रिभुवन विमानस्थलबाट बरामद भएको १४ किलो सुन प्रकरण छानविन समितिले तस्करीमा मिनबहादुर घले समुहकै संलग्नता रहेको निष्कर्ष निकालेको छ ।

आइतबार पत्रकार सम्मेलन गरी १४ किलो सुनबारे छानविन गर्न गठित समितिले तस्करी प्रकरणको प्रतिवेदन बुझाउँदै सो समुहले पटक पटक गरी १ सय ३८ किलो सुन भित्र्याएको ठहर गरेको हो । पत्रकार सम्मेलनमा समिति संयोजक मनिराम पौडेलले, मीनबहादुर घले र उनको समूह नै सुन तस्करीमा संलग्न रहेको निष्कर्ष निकालिएको जानकारी दिए ।

उनले भने, ‘मिन बहादुर घलेले दुबईमा तथाकथित अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको देखियो ।

मिनबहादुर घले स्वयंम तथा चन्द्र घले र कृष्ण कुमार श्रेष्ठ समेतले पटक–पटक दुबईबाट सुन लिई आउने गरेको अनुसन्धानबाट खुल्न आयो । घलेले एयरपोर्टको सेटिङ् मिलाउन डि.वी. भन्ने दन बहादुर गुरुङ्गलाई प्रयोग गरेको देखिन आयो ।’

पटक पटक गरी मिन बहादुर घले, चन्द्र घले र कृष्ण कुमार श्रेष्ठले १३८ के.जी. सुन नेपाल भित्र्याएको पाइएको उनले जानकारी दिए । विमानस्थलबाट सेटिङ गरी तस्करी गर्ने क्रममा पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ के.जी. सुन पकाउ परेको पाइएको उनको भनाई छ ।

घलेले गत बिहीबार राति छातीमा लुकाएर कपडाले बेरेर बिस्कुटजस्तो आकारको सुन ल्याएका थिए । उनलाई विमानबाटै नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here