माईमा तीन दिने प्राथामिक उपचार तालिम सम्पन्न

0
21

विमल दहाल,इलाम ।

माई नगरपालिका इलाममा आधारभूत प्राथामिक उपचार सम्बन्धी ३ दिने तालिम आईतबार सम्पन्न भएको छ। तालिम नेपाल रेडक्रस सोसाइटी दानावारी उपशाखाको आयोजना, माई नगरपालिकाको सहयोग र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा इलामको सहजीकरणमा सम्पन्न भएको हो।

सडक दुर्घटना र अन्य दुर्घटनामा परेका व्यक्तिहरुलाई दक्ष चिकित्सक सम्म पुर्याउनु पुर्व घाइते वा विरामीहरुको अवस्था बिग्रीन नदिन प्राथमिक उपचार कसरी गर्ने, प्राथमिक उपचारको प्रभावकारिता कसरी बढाउने र दुर्घटना न्यूनीकरणका उपायका बारेमा तालिम प्रदान गरिएको थियो।
तालिममा माई नगरपालिका भित्रका प्रत्येक वडा, माध्यामिक विधालय र स्वास्थ्य संस्थाबाट गरि २४ जनाको सहभागिता रहेको थियो।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि माई नगरपालिका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्माले सहभागीहरुलाई प्राथामिक उपचार गर्दा मानवताका कुरामा सकृय रहि उत्सुकता, धर्यता र निरन्तरता दिन सुझाव दिनुभयो। वहाँले तालिम प्राप्त सहभागीहरुलाई आफ्नो नजिक रहेको स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी संग समन्वय गर्न र सिपलाई निरन्तरता दिन सुझाव दिनु भएको छ ।

वहाँले व्याक्तित्व विकास, क्षमता विकासका लागि जहिले पनि अघि बढ्न र मेहनत गरि प्रगति तर्फ अघि बढ्न सुझाव दिनुभएको थियो । समापन कार्यक्रममा प्रमुख अतिथि बिश्वकर्मा, प्रशिक्षक रोम आचार्य, सहभागीहरु सिता भट्टराई, अशोक तामाङ लगायतले मन्तव्य राख्नु भएको थियो।

रेडक्रस दानाबारी उपशाखा सभापति मित्र प्रसाद गौतमको सभापतित्व, सचिव हरि प्रसाद गुरागाईको सञ्चालन रहेको समापन कार्यक्रममा रेडक्रस दानाबारी उपशाखा पुर्व सभापति कृष्ण खाकी, वर्तमान कोषाध्यक्ष सेतु तामाङ, राधा तामाङ, रेडक्रस जिल्ला सभासद उर्वशी पराजुली गौतम, माई स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेल लगायतको सहभागिता रहेको थियो। तालिमलाई रेडक्रस इलाम जिल्ला कोषाध्यक्ष विजयशेखर भट्टराई, प्रशिक्षक रोम आचार्य र बसन्त तिम्सिनाले सहजीकरण गर्नु भएको थियो । आधारभुत प्राथामिक उपचार तालिम लिएका सहभागीहरुलाई प्रमाण पत्र र प्राथमिक उपचार झोला प्रदान गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here