अध्यक्ष भण्डारी सम्मानित

0
7

झापा ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी (भेषराज) लाई कनकाईमा सम्मान गरिएको छ ।

कनकाईको इलुवाबारी डोजोमा आयोजनामा भएको झापा क्षेत्र नम्बर ४ स्तरीय आमन्त्रण जुनियर कराँते प्रतियोगिताको अवसर पारेर करातेका पूर्वराष्ट्रिय खेलाडी तथा अन्तर्राष्ट्रिय रेफ्री भण्डारीलाई सम्मान गरिएको हो ।

झापालाई खेलकुदको विकास र विस्तारमा विशेष योगदान पु¥याउँदै कोशी प्रदेशको उत्कृष्ट जिल्ला बनाउन सफल भएको कामको मूल्यांकन गर्दै भण्डारीलाई सम्मान गरिएको हो । इलुवाबारी डोजोका अध्यक्ष राजेन्द्र लिम्बू, प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एलपी साँवा, झापा जिल्ला जिल्ला कराते संघका अध्यक्ष जगन कार्कीलगायतले अध्यक्ष भण्डारीलाई सम्मान गरेका थिए ।

कार्यक्रमकै अवसर पारेर झापाका अग्रज कराँते प्रशिक्षक राम पाठक र कनकाई–४का वडाध्यक्ष रोशन सुवेदीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल सितोरियो कराँते संघका केन्द्रीय सचिव प्रेम लामा, निवर्तमान राष्ट्रिय प्रशिक्षक मदनकुमार उप्रेती, झापाका प्रशिक्षण विभाग प्रमुख कालु मेचे, कोशी प्रदेश कराते महासंघका उपाध्यक्ष शौरभ प्रधान, अमेरिका–भुटान कराँतेका प्रमुख टीआर याम्फू, झापाका रेफ्री कमिसन संयोजक विष्णुकुमार नेम्वाङ, कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जबिन तिम्सिना लगायतले शुभकामना व्यक्त गरेका थिए ।

झापा जिल्ला कराँते संघको समन्वय कनकाई ४ र इलुवाबारी कराँते डोजोको आयोजनामा भएको प्रतियोगितामा २० देखि ५० केजी तौल समूहका (महिला–पुरुष) करिब २५० जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here