हरियाली वन पर्यटकीय क्षेत्र उद्घाटन

0
13

बिर्तामोड ।

हरियाली सामुदायिक धार्मिक पर्यापर्यटकीय तथा सिमसार क्षेत्रको उद्घाटन भएको छ । बिर्तामोड–६ मा रहेको सिमसारको उद्घाटन उपसभामुख इन्दिरा राना मगरले गरेकी हुन् ।

सबैका लागि पर्यटन पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवद्र्धनको उद्देश्यका साथ उक्त सिमसार र वन्यजन्तु मासिँदै गएको बोटबिरुवाहरुको संरक्षण गर्नुपर्ने उपसभामुख रानाको भनाइ छ ।

विभिन्न जातजातिको धार्मिक र कला–संस्कृतिको इतिहास स्थल रहेको र सोको संरक्षण गर्दै पर्यटकहरुले मनोरञ्जन गर्न पाउन् भन्दै सर्वसाधारणका लागि खुल्ला गरिएको अध्यक्ष जगतबहादुर राईले बताए ।

प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय सहयोगीहरुको सहयोग र वन समितिको सहयोगमा निर्माण गरिएको पर्यटकीय क्षेत्रले पर्यटकहरुको मन जित्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा बिर्तामोड नगर उपप्रमुख नरेन्द्र सग्रौला, वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्गवा, रामकुमार कन्दङ्गवा, तेजबहादुर कन्दङ्गवा, जिल्ला वन कार्यालय प्रमुख मेघराज राई, जिल्ला वन महासङ्ग अध्यक्ष रुद्रप्रसाद भण्डारी, बन्दी सहायता नेपाल पूर्वाञ्चल अध्यक्ष जगतबहादुर मगर, पूर्व अध्यक्ष कृष्णमाया चौधरी, बिर्तामोड खानेपानी उपभोक्ता समितिका अध्यक्ष मेघराज बाँस्तोला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा हरियाली सामुदायिक धार्मिक पर्यापर्यटकीय तथा सिमसार क्षेत्र निर्माण गर्न सहयोग पु¥याउने कोशी प्रदेश भौतिक पूर्वाधार पूर्व मन्त्री एकराज कार्की, भद्रकाली कलाकुञ्ज इटहरीका अभिषेक तिम्सिनालाई सम्मान गरिएको थियो ।

समितिका अध्यक्ष राईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत र औचित्य माथि प्रकाश उपाध्यक्ष मनिकुमार भट्टराईल पारेका थिए भने सहजीकरण कार्यालय सचिव धनसरी राईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here