क्रिसमसमा विविध कार्यक्रम

0
11

बिर्तामोड ।

इसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमसको अवसरमा झापाको बिर्तामोड -४ स्थित इम्मानुएल आराधना चर्चले शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

इम्मानुएल आराधना चर्चका अध्यक्ष अनुत सुब्बाको अध्यक्षता तथा बिर्तामोड नगरपालिका-४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा क्रिसमस तथा ई.स.नयाँ वर्ष २०२४ को शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरिएको हो।

प्रमुख अतिथि वडाध्यक्ष शर्माले शुभकामना व्यक्त गर्दै सबै धर्मको उद्देश्य एउटै मानवता,नैतिक आदर्शको पालना गर्नु भएकाले सबै धर्म,जातजातिको बसोबास रहेको नेपाली समाजमा सबैले एकअर्कामा सामाजिक सद्भाव कायम राख्दै आफ्ना धर्म संस्कृतिको जगेर्ना गर्न पर्व‍ोत्सव मनाउनु पर्ने बताए।

चर्चका पाश्चर नरेन राईले बाइबल प्रार्थना तथा कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्दै परमेश्वर पुत्र मुक्तिदाता येशूख्रीष्टको जन्मोत्सवको सम्झनामा बडा दिनका रुपमा खुशी,हर्षोल्लास एवम् ईस्वी सम्बत नयाँ वर्षको शुभकामना, सद्भाव व्यक्त गर्न यसदिन बर्सेनि क्रिसमस मनाउने गरिएको बताए। उनले बाइबललाई धर्मग्रन्थको रुपमा मात्र नलिई सबैले अध्ययन गरेर यसको शिक्षाबाट जीवन सुधार गर्नपर्नेमा जोड दिए।

क्रिसमस प्रार्थना तथा प्रमुख अतिथिबाट व्यानर बाचन गरेर शुरु भएको कार्यक्रममा क्रिसमस भजन,सन्थाल तथा विभिन्न जनजाति समुदायको सांस्कृतिक नृत्य,गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपाल टेलिभिजन सञ्चालक समिति सदस्य सवनम मुखियालगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा आगन एफएमका प्रबन्ध निर्देशक इन्द्रजित मुखिया,सञ्चारकर्मी रत्नबहादुर बस्नेत,राजु चेम्जोङ,उषा तामाङलगायतको आतिथ्य रहेको थियो।

सस्थाका परिषद सदस्य मनकुमार तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेत्र राई र गंगा गुरुङले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here