कालीस्थानमा बार्षिक अनुष्ठान सम्पन्न

0
8

कालीस्थान।

कालिकापीठ कालीस्थानको १९ औं बार्षिक अनुष्ठान अन्तरगत श्रीमद्ब्रम्ह महापुराण एवं धनधान्याचल महायज्ञ सम्पन्न भएको छ ।

ब्यासाचार्य रघुनाथ रिजालको प्रमुख आतिथ्य एवं कालिकापीठका अध्यक्ष ज्यो. पं. लक्ष्मीप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा दानदाता भारत सिलगढी निवासी ललित अग्रवाललाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको छ ।

कार्यक्रममा श्रीमद्ब्रम्हमहापुराणका उपवाचक कृष्णराज भण्डारी, यज्ञाचार्य तोयानाथ खनाल, कालीस्थान बौद्ध चक्र गुम्बाका अध्यक्ष सन्तबहादुर तामाङ, कालिका सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, गुरुकुल शिक्षा परिषद अध्यक्ष डिल्लीराम दाहाल, गायक राम ढुङ्गाना, कालिका मातृ समूहका अध्यक्ष तारा गिरी, कालीस्थान पण्डित समूहका ओमप्रकाश मिश्र, कालिकापीठका सल्लाहकार सिता श्रेष्ठ, मिना दवाडी, पर्शुराम कटुवाल लगायतको आतिथ्य रहेको थियो ।

श्रीमद्ब्रम्हमहापुराणमा पूर्वभाग र उत्तरभाग गरी दुईखण्डमा २४६ अध्याय रहेका छन् । श्रीमद्भागवत महापुराण कथाको स्रोत वर्णन, ब्रम्हतत्वसम्बन्धी परिचर्चा, राम, कृष्ण, शिव भगवानका लीलाका कथा, तीर्थको वर्णन, गोमती–गंगाको वर्णन, श्राद्धकल्पको वर्णन विशेष रुपमा गरिएको ब्यासाचार्य रिजालले जानकारी दिनुभयो ।

कार्यक्रम समापनका अवसरमा स्थानीय गिता मिश्रलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । गत पुस ६ गतेदेखि शुरु भएको महायज्ञ समापन गर्दै पीठका अध्यक्ष पोखरेलले महायज्ञ सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको सञ्चालन इन्दु पूर्वेलीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here