झापाको बुद्धशान्तिका एक युवक कोरियामा सुतेकै अवस्थामा मृत भेटिए

0
9

विराटनगर ।

रोजगारीका लागि दक्षिण कोरियामा रहेका झापाको बुद्धशान्ति गाउँपालिकाका एकजना युवा मृत अवस्थामा भेटिएका छन् ।

बुसानस्थित एक कम्पनीमा कार्यरत बुद्धशान्ति–३ कञ्चनबारीका ३० वर्षीय पदम न्यौपाने सुतेकै अवस्थामा मृत भेटिएको खबर आएको उनका आफन्तले जनाएका छन् ।

पाँच वर्षअघि इपिएस कामदारको रुपमा उनी दक्षिण कोरिया पुगेका थिए । गत वर्ष उनी विदामा केही समयका लागि घर आएर फर्किएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here