साढे चार करोड भारतीय लगानीमा रामेछापमा योगाश्रम

0
7

काठमाण्डौं ।

भारतले रामेछापमा आधुनिक योगाश्रम बनाइदिने भएको छ । रामेछाप नगरपालिकामा मालागिरी शान्ति योगाश्रम बनाउन लागिएको हो ।

काठमाडौंस्थित भारतीय दूतावासले प्रभावकारी सामुदायिक विकास परियोजनाहरुको अभियानको रुपमा योगाश्रम बनाउन लागिएको जानकारी दिएको छ ।

उक्त परियोजनामा भारत सरकारले चार करोड ४५ लाख रुपैयाँ खर्च हुने जनाएको छ । योगाश्रमको दुई तल्ले भवनमा ३२ कोठा हुने छ । ती कोठा प्रशिक्षार्थी, अतिथि, विद्यार्थी र योगा प्रशिक्षकहरूको लागि प्रयोग गरिने छ । तीन कोठाको कार्यालय पनि बनाइने उल्लेख छ ।

योगाश्रम भवनको शिलान्यास कार्यक्रममा रामेछापका संघीय संसद सदस्य पूर्णबहादुर तामाङ, रामेछाप नगरपालिकाका मेयर लबश्री न्यौपाने र काठमाडौंस्थित भारतीय दूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here