भारतलाई छोडेर फिलिपिन्स विरुद्ध किन लागे चिनियाँ संचार

0
5

बेइजिङ ।

आज भोलि चीनको मिडिया अर्थात् सरकारी सयन्त्रमा रहेको चिनियाँ संचारहरु भारतलाई छोडेर फिलिपिन्सविरुद्ध समाचार प्रकाशित गर्न लागेका छ ।

फिलिपिन्सले दक्षिण चीन सागरमा चीनको भूभाग बारम्बार उल्लङ्घन गरेको, गलत सूचना फैलाएको र समस्या फैलाउन विदेशी शक्तिहरूसँग मिलेर काम गरेको आरोप लगाउदै फिलिपिन्स माथि दोष दिरहेको हुन्छन् ।

फिलिपिन्सले चीनलाई निरन्तर उक्साउन अमेरिकी समर्थनमा भर परेको छ, यस्तो अत्यन्त खतरनाक व्यवहारले क्षेत्रीय शान्ति र स्थिरतालाई गम्भीर रूपमा हानि पुर्‍याइरहेको छ, चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र पिपुल्स डेलीले सोमबार यस्तो गलत समाचार प्रकाशि म्त गरेको हो । फिलिपिन्सलाई आगोसँग नखेल्न चेतावनी दिएको उक्त चिनियाँ संचार रहेको हो ।

पिपल्स डेलीले भने कि अमेरिकाले फिलिपिन्ससँगको आफ्नो रक्षा सन्धिलाई चीनलाई धम्की दिन प्रयोग गरेको छ। अमेरिकाले फिलिपिन्स मार्फत चिनियाँ सार्वभौमसत्ता उल्लङ्घन गर्छ र सुरक्षा चिन्ताको प्रवर्द्धनलाई खुलेर समर्थन गर्दछ। झोङ शेङ, वा “भ्वाइस अफ चाइना” उपनाममा लेखिएको टिप्पणीले विदेश नीति मामिलामा अखबारका विचारहरू बारम्बार प्रयोग गर्नु “अत्यधिक गैरजिम्मेवारपूर्ण र खतरनाक” भएको बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here