ऊँ नमः शिवाय बचत तथा ऋण सहकारीको सभा

0
8

चारपाने ।

दशनामीहरुको बाहुल्यता रहेको ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्थाले ११ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको संस्थाले शनिवार चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रम गिरीको प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत संस्थाका उपाध्यक्ष खिलबहादुर गिरी (राजु) ले गरेको कार्यक्रममा प्रमुख अतिथि गोबिन्दबिक्रम गिरी, नेपाल दशनामी समाज कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), समाजकी झापा महिला अध्यक्ष तथा संस्थाकी सल्लाहकार पार्वता गिरी, शहिद राजन गिरीका पिता केदार शम्शेर गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका सचिव शंकर गिरीले सञ्चालन गरेको कार्यक्रममा आव २०८०÷०८१ को नीति, कार्यक्रम तथा बजेट संस्थाका कोषाध्यक्ष खड्ग गिरीले प्रस्तुत गरेका थिए । आर्थिक बर्ष २०७९÷०८० सम्ममा १ हजार ६७६ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी १ करोड ८८ लाख ७९ हजार ६०० रुपैयाँ रहेको संस्थाका अध्यक्ष भरतलाल गिरीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्षको प्रतिवेदन अनुसार संस्थाले यस आवमा ५७ लाख ४९ हजार १४३ रुपैयाँ २६ पैसा आम्दानी, ३५ करोड २७ हजार १ रुपैयाँ ४४ पैसा खर्च गरी बाडफाँड गर्न योग्य नाफा २१ लाख ११ हजार ३४ रुपैयाँ ७३ पैसा रहेको छ ।

सोही कार्यक्रमकाबिच संस्थाका सम्मान गर्न योग्य १५ जनालाई सम्मानसमेत गरिएको छ । सम्मानी हुनेमा माथुराम गिरी, इन्द्रनारायण गिरी, जगतबहादुर भारती, धनबहादुर गिरी, खड्गबहादुर पुरी, टिकाराम गिरी, बलराम गिरी, चन्द्रबहादुर गिरी, पुण्यप्रसाद भारती, मनिराज गिरी, पुण्यमाया गिरी, गंगाबहादुर पुरी, बिर्खबहादुर पुरी, तीलकबहादुर गिरी र प्रभाखर भारती रहेका छन् ।

त्यस्तै साधारणसभाले लेखा समिति संयोजकमा इन्द्रमणि पौडेललाई सर्वसम्मत मनोनित गरेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here