सेवा विस्तार गर्दै बिर्ता सिटी

0
6

बिर्तामोड ।

स्वास्थ्य सेवाको प्रमुख गन्तव्य बनेको बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्ता सिटी अस्पतालमा डा. आकाश कोइरालाको सेवा थप भएको छ ।

अस्पतालमा आयोजित एक संक्षिप्त कार्यक्रमकाबीच कार्यकारी निर्देशक आनन्द बस्नेतले डा. कोइरालालाई स्वागत गरेका थिए ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबीबीएस गरेका डा. कोइरालाले सोही प्रतिष्ठानबाट एमडी गरेका हुन् । एमबीबीएसपछि डा. कोइरालाले केही वर्ष बिर्ता सिटी हस्पिटलमा मेडिकल अफिसरका रुपमा सेवा गरेका थिए ।

डा. कोइराला यसअघि मेची प्रादेशिक अस्पताल भद्रपुरमा पनि सेवारत रहेको बिर्ता सिटी अस्पतालका व्यवस्थापक बिनोद बस्नेतले जानकारी दिए ।

अस्पतालका निर्देशक डा. अनिलकुमार बस्नेत लगायत डा. शरद भट्टराई र पंकज चौधरी समेतको सेवा रहेको अस्पतालमा सेवा प्रवाहमा थप सहजता आउने अस्पतालले अपेक्षा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here