भारतीय विदेशमन्त्री र अध्यक्षत्रय ठाकुर, यादव र राउतबीच भेटवार्ता

0
8
काठमाडौँ,
नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री डा एस जयशङ्कर र मधेस केन्द्रित तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।
भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा अन्तरक्रिया भएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । भेटमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी हुनुहुन्थ्यो ।
यसअघि भारतीय विदेशमन्त्री डा जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । उहाँले भ्रमण सम्पन्न गरी  पुस २० गते स्वदेश फर्कनुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here