सरकारले रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृति रोक्यो

0
9

काठमाडौँ,

वैदेशिक रोजगार विभागले युद्धग्रस्त मुलुक रुस र युक्रेनमा नेपाली नागरिकलाई श्रम स्वीकृति नदिने भएको छ ।

दुवै देशमा संस्थागत वा व्यक्तिगत रुपमा नेपाली नागरिकहरुलाई श्रम स्वीकृति दिन रोक लगाइएको विभागका निर्देशक कविराज उप्रेतीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “रुस र युक्रेनमा युद्ध भइरहेकाले नेपाली नागरिक त्यहाँ जाँदा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न र अर्को व्यवस्था नभएसम्मका लागि रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको छ ।”

पछिल्लो समय रुस–युक्रेनबीचको युद्धमा रुसी फौजमा भर्ना भएका नेपालीको मृत्यु भएको खबर आइरहेका छन् । रुसी फौजमा भर्ना भएका १० जना नेपालीको मृत्यु भइसकेको पुष्टि भइसकेको छ ।

एक सय जना भन्दा धेरै सम्पर्कविहीन रहेका परराष्ट्रमन्त्री एनपी साउदले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here