नारी चेतनाद्वारा सात दिने उद्घोषण तालिम शुरु

0
9

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित नारी चेतना समूहको आयोजना र ललितपुरस्थित टेवा नेपालको आर्थिक सहयोगमा सात दिने उद्घोषण तालिम शुक्रबारदेखि शुरु भएको छ ।

समूहको कार्यालय सभाहलमा समूहकी अध्यक्ष पम्फादेवी विश्वकर्माको अध्यक्षतामा आयोजित उक्त तालिमको प्रमुख अतिथि वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले उद्घाटन गरेका थिए ।

सहजकर्ता अर्जुनधारा प्रेस क्लबका सचिव नरेश खातीले सहजिकरण गर्ने तालिममा ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको समूहकी उपाध्यक्ष डम्बरकुमारी सत्यालले जानकारी दिइन् ।

प्रगति महिला कृषक समूहकी अध्यक्ष गान्धारी मिश्रलगायतले मन्तव्य राखेको कार्यक्रममा सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ज्ञानकुमारी थापा, गरिमा महिला कृषि समूहकी अध्यक्ष नीशा अधिकारी, जलेश्वर सामुदायिक सिकाइ केन्द्रकी सचिव इन्दिरा दाहाल, समूहकी पूर्व अध्यक्ष मिश्राकुमारी राईलगायतको आतिथ्यता रहेको थियो ।

समूहका अध्यक्ष विश्वकर्माले कार्यक्रमको औचित्यसहित संस्थाको चिनारी बारे जानकारी तथा कोषाध्यक्ष वीना तुलाधरले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव पूर्णीमा सिटौलाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here