दन्त चिकित्सकलाई दाँतको इम्प्लान्ट उपचार बारे प्रशिक्षण

0
8

झापा ।

नेपाल डेन्टल एशोसिएशन झापाको आयोजनामा दन्त चिकित्सा सम्बन्धी एकदिने सेमीनार साँझ बिर्तामोडमा सम्पन्न भएको छ ।

सेमीनारमा कोशी अस्पतालका अध्यक्ष तथा नेपाल मेडिकल एशोसिएशन कोशीका अध्यक्ष डा. फरवाड सिलवाल, काठमाडौ युनिभर्सिटी स्कूल अफ मेडिकल साइन्सका डीन प्रा.डा. मनोज हुमागाँई र काठमाडौ युनिभर्सिटी स्कूल अफ मेडिकल साइन्सका प्राध्यापक डा. सिमान्त सिलवालले दन्त चिकित्साका उपचार पद्धतिबारे प्रशिक्षण दिएका थिए । सेमीनारमा झापा, मोरङ र सुनसरीका ४० जना दन्त चिकित्सकहरुको सहभागिता रहेको थियो ।

नेपाल डेन्टल एशोसिएशन झापाका अध्यक्ष डा. मुकेशकुमार साहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कोशी अस्पतालका अध्यक्ष तथा नेपाल मेडिकल एशोसिएशन कोशीका अध्यक्ष डा. फरवाड सिलवालले उद्घाटन गरेका थिए । नेपाल डेन्टल एशोसिएशन झापाका सल्लाहकार डा. भूवन भट्टराई स्वागत गरेको कार्यक्रमको सञ्चालन एशोसिएशनका कोषाध्यक्ष डा. प्रज्ज्वल पौडेल र सदस्य नेहाल मैनालीले गरेका थिए ।

कार्यक्रममा नेपाल डेन्टल डिष्ट्रिव्यूटर्स एशोसिएशन, खिलुङ कालिका सप्लायर्स, एशियन फर्मास्यूटिकल्स, हिमालयन सर्जिकल सप्लायर्सको सहयोग रहेको डेन्टल एशोसिएसन झापाका अध्यक्ष डा. साहले बताए । उनले दाँतको इम्प्लान्ट उपचारमा एड्भान्स प्रविधिको प्रयोगका बारेमा सेमीनारमा प्रशिक्षण दिइएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here