ताइवान माथि चिनकाे निरन्तर साइबर आक्रमण

0
7

काठमाण्डौं ।

अमेरिकी प्रविधि कम्पनी गुगलले ताइवानविरुद्ध चीनले साइबर आक्रमणलाई तीव्र पार्दै लगेको जनाएकाे छ । ताइवानमा चुनाव नजिकिँदै गर्दा चीनले ताइवानविरुद्ध साइबर आक्रमणलाई तीव्र पारेको उस्काे दावी छ ।

गुगलको जोखिम मूल्याङ्कन विभागका वरिष्ठ इन्जिनियर केट मोर्गनले ब्लुम्बर्गलाई बताएअनुसार पछिल्लो ६ महिनायता ताइवानमाथि चिनियाँ साइबर आक्रमणमा ‘ठूलो वृद्धि’ देखिएको छ ।

राज्य प्रायोजित साइबर आक्रमणको विश्लेषण गर्दै आएको गुगलको उक्त विभागले चिनियाँ ह्याकरहरुले पछिल्लो समय आफूहरुलाई पनि झुक्याउन थालेको जनाएको छ ।

पछिल्लो समय चिनियाँ ह्याकरहरुले घरेलु र कार्यालयमा प्रयोग हुने राउटरको प्रयोग गरी ह्याक गर्ने गरेको मोर्गनले बताइन् ।

उनका अनुसार चिनियाँ ह्याकरहरुको यस्तो रणनीतिबाट उनीहरुको यथार्थ स्रोत पत्ता लाग्न कठिन हुन्छ । यस्तो अवस्थामा उनीहरुको पहिचान गर्नसमेत मुश्कील हुने उनले बताइन् ।खबर हब

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here