चुलाचुलीमा २४२ जनाको आँखा परीक्षण निःशुल्क

0
10

कमल ।

चुलाचुली गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

कमल–३ केर्खामा मुख्य कार्यालय रहको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोग र चुलाचुली गाउँपालिका–२को व्यवस्थापनमा वडा कार्यलयको सभाहलमा शिविर सम्पन्न भएको हो ।

शिविरमा उपस्थित बिरामीलाई अस्पतालका सञ्जु अर्याल, सञ्जोग गड्तौला, मीना थापा र राजबहादुर शाहको टोलीले आँखा परीक्षण गरेका थिए । शिविरमा पुरुष ८९ जना र महिला १४२ जना र बालबालिका ११ जना गरी जम्मा २४२ जनाले आँखा परीक्षण गराएका थिए । शिविरमा उपस्थित बिरामीलाई आयोजक संस्थाको तर्फबाट निःशुल्क औषधि वितरण गरिएको शिविर कार्यक्रमका संयोजक सोम अधिकारीले जानकारी दिए ।

आँखा परीक्षण गरिएका बिरामीहरु मध्ये २८ जनालाई मोतीबिन्दुको समस्या देखिएकोले आगामी पुस २४ गते मंगलवारका दिन बिर्तामोड आँखा अस्पतालले निःशुल्क अप्रेशन गर्ने जनाएको छ । शिविरमा सबैभन्दा ज्येष्ठ ९२ वर्ष र सबैभन्दा कान्छो ३ वर्षका बालकको समेत आखाँ परीक्षण गरिएको थियो ।

सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो । शिविरबाट संस्थामा आबद्ध सदस्य तथा गैरसदस्यले समेत निःशुल्क रुपमा आँखा परीक्षण गरेर सेवा लिएको आयोजक संस्थाका अध्यक्ष शरणकुमार पराजुलीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here