सुनुवार सेवा समाज मेचीनगर समिति गठन

0
11

चारआली ।

मेचीनगरमा आयोजित एक कार्यक्रमबीच सुनुवार सेवा समाजको मेचीनगर नगर समिति गठन भएको छ ।

मेचीनगर–१२ को काली मन्दिरमा आयोजित अधिवेशनले पदम सुनुवारको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नव कार्यसमितिले क्षमताको आधारमा अन्य पाँच सदस्य मनोनित गर्ने गरी सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः देबराज सुनुवार, योगराज सुनुवार धनबहादुर सुनुवार र आरोही सुनुवार सर्वसम्मत भएका थिए । त्यसैगरी सदस्यहरुमा पबित्रा सुनुवार, टीकाराम सुनुवार, अजित सुनुवार, लालबहादुर सुनुवार, प्रेमकुमारी सुनुवार निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारीहरुलाई आदिवासी जनजाति महासंघका जिल्ला सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथि दिलबहादुर सुनुवार लगायतका अतिथिहरुले अबिर लगाएर स्वागत गरेका थिए ।

देवराज सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि दिलबहादुर सुनुवार, अतिथिहरु गौरव लिम्बू, अपूर्ब डाँगी, सोनाम तामाङ लगायतले नवनिर्वाचित कार्यसमितिलाई कार्यसफलताको शुभकामना दिएका थिए ।

पदम सुनुवारले स्वागत गरेको कार्यक्रमको सञ्चालन धनबहादुर सुनुवारले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here