चेम्बरको अधिवेशन, अध्यक्षमा पुनः ओमकृष्ण

0
8

झापा ।

चेम्वर अफ कमर्स झापाको अध्यक्ष पुनः ओमकृष्ण विमली चयन भएका छन् ।

सोमवार सम्पन्न दोस्रो अधिवेशनबाट विमली अध्यक्षमा दोस्रो कार्यकालका लागि चयन भएका हुन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा यामनाथ बिमली, उपाध्यक्षमा मोहनकुमार मित्तल, प्रदीप खरेल, घनश्याम चौधरी र भीमा शिवाकोटी चयन भएका छन् ।

यसैगरी सचिवमा विरोध सुवेदी, सह सचिवमा उमादेवी भट्टराई प्रसाई र टंकप्रसाद भट्टराई, कोषाध्यक्षमा शत्रुधन प्रसाद गुप्ता चयन भएका छन् । समितिको सदस्यहरुमा शीला ढकाल, लक्ष्मीप्रसाद सापकोटा र रोहितकुमार भट्टराई चयन भएको निर्वाचन समितिका शिवकुमार अग्रवालले जानकारी दिए ।

चेम्वर अफ कमर्शका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बाँस्तोला, प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, आन्तरिक राजश्व कार्यालय झापाका प्रमुख कृष्णचन्द्र काफ्ले, मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख रामप्रसाद रेग्मी, महिला चेम्वर अध्यक्ष प्रेम भट्टराई, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नारी सञ्चार गृह झापाकी निर्वतमान अध्यक्ष भीमा शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

चेम्वर अफ कमर्श झापाका वरिष्ठ उपाध्यक्ष सुवास भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रदीप खरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here