भरुवा बन्दुकसहित एक जना पक्राउ

0
9

उदयपुर ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–१ कटरवोटेबाट अवैध हतियार भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चौदण्डिगढीबाट बेल्टारतर्फ आदैगरेको को १३ प ४१५ नम्‍बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा भरुवा बन्दुक एक थान, भरुवा बन्दुकमा प्रयोग गर्ने वारुदसहितको सेतो वट्टा एक थान, फलामको गोली चार थान, केप एक थान, दवास एक थान, फलामको नाल एक थान र वेरिङ १७ थान सहित आम्चोक गाउँपालिका–१० भोजपुरका २० बर्षीय समिर राईलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय बेल्टारबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here