हायसको ठक्करबाट साईकल यात्रीको मृत्यु

0
13

उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका–८ मदन भण्डारी राजमार्गमा हायसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०५–००१ ज ००३५ नम्बरको हायसले बिपरित दिशाबाट आँउदै गरेको साइकल यात्री रौतामाई गाउँपालिका– ७का ३८ बर्षीय तुलसी मङरातिलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका साईकल यात्रीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको थियो ।

ठक्कर दिने हायस चालक त्रियुगा नगरपालिका–१० का ४५ बर्षीय किशोर पाण्डेलाई हायससहित नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here