प्याब्सन अर्जुनधाराको छैंटौं साधारण सभा सम्पन्न

0
11

अर्जुनधारा ।

निजी तथा आवासिय विद्यालय संगठन (प्याब्सन) अर्जुनधाराको छैंटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

झापाको बिर्तामोडमा प्याब्सनका अध्यक्ष रुद्रप्रसाद सिटौलाको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर कार्कीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन सचिव राजेशकुमार आचार्यले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजन वाग्लेले प्रस्तुत गरेको प्यब्सनका उपाध्यक्ष कुमार रायाले जानकारी दिए ।

प्याब्सन झापाका सदस्य सुमन शर्मा जम्मरकट्टेलले शुभकामना मन्तव्य राखेको कार्यक्रममा प्याब्सन झापाका सल्लाहकार प्रभुकुमार श्रेष्ठ, उपाध्यक्ष टिकाराम गौतम, सदस्य दीपेन्द्र सुब्बालगायतको आतिथ्यता रहेको थियो ।

कोषाध्यक्ष वाग्लेले स्वागत गरेको उक्त सभाको सञ्चालन सचिव राजेशकुमार आचार्यले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here