बहुबिवाह मुद्दामा एक जना पक्राउ

0
10

झापा ।

बहुबिवाह मुद्दामा दुई वर्ष कैद सजाय तोकिएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको हल्दीबारी गाउँपालिका–२ घर भई भद्रपुर नगरपालिका–(७ बस्ने २६ वर्षीया संगिता बनिया भन्ने संगिता पुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

जिल्ला अदालत झापाले जेठ ४ गते उनलाई बहुबिवाह मुद्दामा दुई वर्ष कैद सजाय, २० हजार जरिवाना र आठ सय रूपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो। तर उनी फरार थिइन्।

पक्राउ परेकी महिलालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ त्यहाँबाट कैद भुक्तानीको लागि जिल्ला कारागाार झापा पठाइएको डिएसपी रिजालले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here