चीनको रसुवा नाकाबाट कारोबार नगर्ने व्यापारीको चेतावनी

0
6

काठमाण्डौं ।

भन्सार विभागले अनलाइन प्रणालीबाट मुलुकभरका भन्सार नाकामा भएको वस्तुको जाँच र मूल्यांकनको अनुगमन गर्ने प्रणाली रहेको छ । व्यापारीले उठाएका अधिकांश विषय विभागको निर्देशन र भन्सारका केही कर्मचारीका कारण उत्पन्न भएको आरोप व्यापारीको रहेको छ ।

कारोबार दुई दिन बन्द भएपछि हिजो बेलुकी रसुवा भन्सार प्रशासन र व्यापारीबीच अनौपचारिक छलफल भए पनि निष्कर्ष निस्केन । त्यसपछि व्यापारीले अनिश्चितकालीन कारोबार बन्दको घोषणा गरेका हुन् । छलफलमा सहभागी व्यापारिक प्रतिनिधि वुद्धराज बस्नेतले माग पूरा नभएसम्म कारोबार बन्द गरेको बताए । भन्सार प्रमुख रामप्रसाद पाठकसहित भएको छलफलमा निष्कर्ष ननिस्केपछि व्यापारीहरू सोमबार साँझ कारोबार बन्दको घोषणा गरेर काठमाडौं फर्किएका छन् । चीनबाट नेपाल प्रवेश गरेका ११४ वटा कन्टेनर भन्सार हातामा रहेको छ ।

भन्सारको व्यवहारले केही महिनायता निकै ठूलो आर्थिक नोक्सानी बेहोरे पनि आफूहरूले पटक–पटक राखेको माग सुनुवाइ कतै पनि नभएको गुनासो व्यापारीले गरेका छन् । पछिल्लो समय मुलुकभरको राजस्व संकलनको अवस्था गिर्दो अवस्थामा रहेको छ । रसुवाको राजस्व भने मंसिर मसान्तसम्मको तथ्यांकअनुसार लक्ष्यअनुसार पुगेको छ । अहिले तातोपानी खुले पनि रसुवाबाट हुने व्यापार भने खासै घटेको छैन ।

उक्त नाकाबाट विशेषतः तयारी पोशाक, जुत्ता, ब्याग, मोबाइल तथा कम्प्युटर पार्ट्स, विद्युत् आयोजनाका मेसिनरी सामान, कपडा, स्टेसनरी सामान, खेलौना, किचनमा प्रयोग हुने इलेक्ट्रिक सामानलगायतका विविध प्रकृतिका मालवस्तु आयात हुने गरेको छ ।

२०७२ सालमा भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि सोही वर्षको मंसिरबाट रसुवा नाकाबाट आयात व्यापार बढेको हो । रसुवा भन्सारको चालु वर्षको राजस्व लक्ष्य २० अर्ब ९९ करोड ६४ लाख रुपैयाँ रहेको छ । मंसिर मसान्तसम्म ८ अर्ब ४९ करोड ६५ लाख संकलन भएको प्रमुख भन्सार अधिकृत पाठकले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here