अरुणोदय साकोसको अध्यक्षमा पुनः नेपाल

0
9

अर्जुनधारा ।

झापाको बिर्तामोड–५ स्थित अरुणोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः ताराप्रसाद नेपाल चयन भएका छन् ।

संस्थाको शनिबार सम्पन्न ११औं वार्षिक साधारण सभाले आगामी चार वर्षे कार्यकालको लागि उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

त्यसैगरी नवगठित समितिको उपाध्यक्षमा माधवीदेवी भण्डारी, सचिवमा दीपक तिम्सिना, सहसचिवमा टीकादेवी ढकाल, कोषाध्यक्षमा दीपा पोखरेल र सदस्यहरुमा डिकबहादुर विश्वकर्मा, दीपेन्द्र संग्रौला, निर्मल निरौला र सदिक्षा खड्का चयन भएका छन् ।

सोही सभाले बालकृष्ण दाहालको संयोजकत्वमा किशोर पौड्याल र सपन बस्नेत सदस्य रहेको तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरेको संस्थाका व्यवस्थापक पिताम्बर कोइरालाले जानकारी दिए ।

बिर्तामोडस्थित अग्रसेन भवनको सभाहलमा संस्था सञ्चालक समितिका अध्यक्ष ताराप्रसाद नेपालको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि निजी तथा आवासिय विद्यालय संगठन(प्याब्सन) अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौलाले उद्घाटन गरेका थिए ।

सभामा समितिका अध्यक्ष नेपालले संस्थाको गत आर्थिक वर्ष ०७९÷०८०को वार्षिक प्रगति प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक इन्द्रकमल खनालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी एक करोड १५ लाख २३ हजार चार सय रुपैयाँ, निक्षेप संकलन २९ करोड तीन लाख ९१ हजार पाँच सय ७२ रुपैयाँ नौ पैसा, ऋण लगानी छ करोड २२ लाख ६६ हजार छ सय ३९ रुपैयाँ २३ पैसा, भुक्तानी दिनुपर्ने दायित्व चार लाख १९ हजार नौ सय ७४ रुपैयाँ ९८ पैसा र नगद तथा बैंक मौज्दात ५० लाख ८८ हजार छ सय पाँच रुपैयाँ ६५ पैसा उल्लेख गरिएको छ ।

सोही सभामा असल ऋणीतर्फ रमेशकुमार नेपाल, उत्कृष्ट बचतकर्तातर्फ दीपक कार्की, बाल बचतकर्तातर्फ सुहाना भारती, गत शैक्षिक वर्ष २०७९को एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने छात्र करण भण्डारी(३.८५) र छात्रा विदिसा संग्रौला(३.४०) तथा उत्कृष्ट कर्मचारी तुलसा लोकुजलाई पुरस्कृत एवम् सम्मानित गरिएको थियो । संस्थाका निवर्तमान व्यवस्थापक बालकृष्ण दाहालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन समितिका सचिव दीपक तिम्सिनाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here