झापा ।

जिल्ला प्रहरी कार्यालय झापाले एक महिनामा २६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
उनीहरुलाई पुस महिनामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । अदालतबाट विभिन्न मितिमा फैसला भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मातहत प्रहरी कार्यालयहरूसँग समन्वय गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको डिएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
उनले ती प्रतिवादीबाट १८ वर्ष ४ महिना २३ दिन कैद तथा ५० लाख ४२ हजार ६७७ रुपैयाँ जरिवाना असुलउपर भएको जानकारी दिए ।































