दानाबारी रेडक्रसको १९ औं साधारणसभा

0
7

विमल दहाल, माई ।

नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाको १९औं बार्षिक साधारण सभा आईतवार माई नगरपालिका-२ सितलीमा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बुले रेडक्रस निश्वार्थ स्वयंसेवी संस्था भएकोले स्थानीय सरकारले साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। वहाँले रेडक्रसकर्मीेहरुले गरेको योगदानको प्रशंसा गर्नुहुदै माई अस्पतालमा ब्लड बैंक स्थापना गर्न रेडक्रस लगायतका सरोकारवालालाई आग्रह गर्नु भएको छ।

मेयर लिम्बूले सम्मानित संस्था सानिमा हाइड्रोपावर तर्फ संकेत गर्दै राष्ट्रिय आयमा र साझेदारी कार्यक्रममा उल्लेखनीय योगदान रहेपनि हाइड्रोपावर निर्माण पछी जलचर एवम प्रकृतिक जीवजन्तु हराउदै गएकोमा दुःख व्यक्त गर्नुभएको छ। साधारण सभामा शाखाको बार्षिक प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम शाखाका सचिव हरि प्रसाद गुरागाई र आर्थिक प्रगति प्रतिवेदन तथा प्रस्तावित वजेट कोषाध्यक्ष सेतु तामाङले प्रस्तुत गर्नुभएको थियो ।

रेडक्रस दानाबारी उपशाखा सभापति मित्र प्रसाद गौतमको अध्यक्षता, उपाध्यक्ष रञ्जना थापाको स्वागत र सचिव हरि प्रसाद गुरागाईको सञ्चालन रहेको साधारण सभामा विगत १५ बर्षदेखि रेडक्रस संग हरेक सामाजिक गतिविधिमा सहकार्य गर्ने सानिमा माई हाइड्रोपावर लिमिटेड माईलाई सम्मान गरिएको थियो ।

प्रमुख अतिथि मेयर लिम्बु र अध्यक्ष गौतमले संयुक्त रुपमा सानिमा माई हाइड्रोपावरका बरिष्ठ बाताबरण अधिकृत देवराज गुरागाईंलाई सम्मान पत्र हस्तान्तरण गर्नु भएको थियो। साधारणसभामा प्रमुख अतिथि लिम्बु, बिशेष अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा इलामका कोषाध्यक्ष विजय शेखर भट्टराई,सम्मानित हाइड्रोपावर लिमिटेडका अधिकृत गुरागाईं लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here