तालिवान , पाकिस्तानको द्वन्द्व झन चर्किदै

0
4

इस्लामावाद,

पाकिस्तान र अफगानिस्तानका अधिकारीहरू दुई देशका यातायात व्यवसायीहरूलाई भिसा प्रतिबन्ध सम्बन्धी सम्झौतामा पुग्न असफल भएका छन्। तोरखाम नाकाबाट दुई छिमेकी मुलुकबीचको व्यापार आज दोस्रो दिन पनि ठप्प छ ।

डन न्युजको रिपोर्ट अनुसार शनिबार साँझ दुई देशका अधिकारीबीच भएको भेटवार्तामा कुनै प्रगति हुन नसकेको हो । तर, दुवै पक्षले वार्ताको सन्देश आ–आफ्ना अधिकारीलाई पु¥याउन सहमत भए । शनिबारदेखि अफगानिस्तान र पाकिस्तानले सिमानामा सवारीसाधन प्रवेश गर्न दिएका छैनन् ।

पैदल यात्रु आवागमन प्रतिबन्धित छैन। भिसा समस्याको तत्काल समाधान नहुँदा स्थानीय फलफूल बिक्रेतालाई तोरखाम भन्सार अधिकारीले आफ्नो सामान पेशावर लैजान सुझाव दिएका छन् । शनिबार पाकिस्तानले यात्रा सम्बन्धी कानुनी कागजात नभएका सबै अफगान ड्राइभर र उनीहरूका सहायकहरूलाई भिसा प्रतिबन्ध लगाएको छ।

उनीहरुलाई पाकिस्तान प्रवेशमा रोक लगाइएको थियो । यसपछि तोर्खाम सीमामा अफगान तालिबान अधिकारीहरूले सबै पाकिस्तानी यातायातलाई देश प्रवेश गर्नबाट रोकेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here